तत्कालीन मन्त्री शाही विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन मन्त्री जीवनबहादुर शाही र नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारसहित ३० जना भन्दा बढीलाई विपक्षी बनाएर मुद्दा दायर गरेको छ ।

शाही हाल नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेता छन् । उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका बेला २ वटा वाइडबडी जहाज खरिद गर्ने निर्णय भएको थियो ।

२०७४ वैशाखमा मन्त्रिपरिषद् बैठकमा निर्णय भएर विमान खरिद भएकोमा ३ अर्ब बढी भ्रष्टाचार भएको आरोप लागेको थियो । त्यस बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै थिए ।

दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले १ अर्ब ४७ करोड १० लाख ८५ हजार बिगो दाबीसहित बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको विशेष अदालतका सुचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

मुद्दा दर्ताको क्रममा रहेकाले प्रतिवादीहरूको विस्तृत विवरण आउन बाँकी छ