कर्णालीमा चैते दशैंका दिन सार्वजनिक विदा नहुने

सुर्खेत । कर्णाली प्रदेश सरकारले चैते दशैंमा सार्वजनिक विदा नदिने भएको छ । बैशाख ४ गते मंगलबार परेकाे चैते दशैंमा सार्वजनिक विदा नदिने भएको हाे ।

प्रदेश सरकारको मन्त्रीपरिषद् निर्णयअनुसार हरेक वर्ष चैत्र शक्ल अष्टमी चैते दशैंमा सार्वजनिक विदा दिने गरेको थियो । तर, यो पटक भने चैते दशैं २०८१ बैशाखमा परेकाले उक्त दिन सार्वजनिक विदा नदिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिए।

२०८० साल चैत्र मसान्तसम्म एक बर्षका लागि सरकारले प्रदेशमा लागू हुने विभिन्न सार्वजनिक विदाका लागि राजपत्रमा सूचना जारी गरेको थियो । तर, चैते दशैंको तिथि यो पटक बैशाखमा परेकाले प्रदेशभर लागू हुनेगरी सार्वजनिक बिदा नरहेको शाहीले बताएका छन् ।

सूचना