कांग्रेस उम्मेद्वार पैसा बाँड्न हिँडेको माओवादी कार्यकर्ताको आरोप

काठमाडौं ।गोरखामा नेपाली कांग्रेसका उम्मेद्वारसहित गाडीलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका छन् । बिहीबार गण्डकी गाउँपालिका–५ दर्बुङबाट कांग्रेसका वडा सदस्य उम्मेद्वार रत्नमान श्रेष्ठसहितको टोलीलाई स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् । मौन अवधिमा गाडी भाडामा लिएर मतदातालाई पैसा बाँड्न हिँडेको आरोप लगाउँदै माओवादी निकट स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् ।

श्रेष्ठ गण्डकी गापा–५ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्य पदका उमेद्वार हुन् । उनीसँगै सो वडाका कांग्रेस वडा सचिव जीवनाथ खनाल, बहादुर गुरुङ लगायतको टोली बा२०च ४४०० नम्बरको बोलेरो जीपमा सवार थिए । स्थानीयले खबर गरेलगत्तै घ्याल्चोक प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको र जीप नियन्त्रणमा लिएको इन्स्पेक्टर ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘स्थानीयले फोन गरेपछि हाम्रो टोली घटनास्थल पुगेको थियो । ६ जना कांग्रेसका टोली जीपमा रहेछन् ।