मालपोत कार्यालय सुर्खेतमा आगलागी

सुर्खेत । मालपोत कार्यालय सुर्खेतमा आगलागी भएको छ । शनिबार दिउँसो कार्यालयको स्टोर कोठामा आगलागी भएको हो ।

आगलागी हुँदा स्टोरमा रहेका दराज एक थान, एक मोटसाईकल, दुई ओटा जेनेरेटर, कुर्सी १० वटा, टेवुल एक, सिपिउ पुरानो ६ ओटा र एक दर्जन प्लास्टिक कुर्सी जलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

आगो नियन्त्रण लिएको उनले जानकारी दिए । आगलागीबाट स्टोर कोठामा रहेका पुराना जिन्सी सामग्रीहरुमा क्षती पुगेको छ ।

आगो समयमै नियन्त्रणमा लिएकाले कार्यालयका अन्य कोठाहरुमा थप क्षती नभएको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।