सीता एयरको जहाजले ठक्कर दिँदा घाइते भएका भामकाे काठमाडौँ रिफर

सुर्खेत । मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा घाइते भएका विमानस्थलमा कार्यरत कर्मचारीलाई काठमाडौं रिफर गरिएको छ ।

ताल्चा विमानस्थलमा उड्न लागेको जहाजले ठक्कर दिँदा घाइते भएका विमानस्थलका प्रमुख धीरेन्द्र भामलाई काठमाडौँ रिफर गरिएको हाे ।

घाइते भामकाे टाउकोमा धेरै चाेट लागेकाे हुँदा नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको हाे ।

घाइते भामलाई उड्न लागेको सीता एयरको ट्विन अटर जहाजको अघिल्लो भागको पङ्खाले भामलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मुगु प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिएका छन् ।

ताल्चाबाट नेपालगन्जका लागि जादै गरेकाे जहाज बिस्तारै गुडिरहेका बेला चालकले बोलाएपछि भाम जहाजतर्फ प्रहरी निरीक्षक कार्कीले भने,` त्यही समयमा जहाजको अघिल्लो भागको पङ्खाले ठक्कर दिएकाे हाे ।`