कर्णालीको झोलुंगे पुलमा फसेका १० खच्चडकाे उद्वार

सुर्खेत । कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका १३ खच्चड मध्ये १० वटाकाे उद्वार छ भने २ वटाकाे मृत्युु भएको छ ।

आइतबार बिहान पुुलको लठ्ठा चुँडिएर अड्केका खच्चडको पुलको तार काटेर उद्धार गरिएको हो ।

पुलकाे तार काटेर नदीमा खच्चड झार्दै उद्वार गरिएको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।

उद्वारका लागि धेरै विधि अपनाउदा धेरै समय लाग्ने हुँदा खच्चडलाई नदीमा खसालेर उद्धार गरिएको उपरीक्षक दाहालले बताए ।

उद्धारका लागि अछाम र दैलेखका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र स्थानीय खटिएका थिए ।