
सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–९ स्थित एक निजी घरमा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-७ का ६४ वर्षीया लक्ष्मी प्रसाद देवकोटा, वीरेन्द्रनगर नगरपालिका-९ का ५६ वर्षीया ददिराम खरेल, साेही ठाउँका ५८ वर्षीया तुलाराम अधिकारी र ३४ वर्षीया नरेन्द्रप्रसाद अधिकारी छन्।
गत राति ११:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेर नेपाली रुपैयाँ ७६, हजार ९ सय नगदसहित उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई सामाजिक सुरक्षाका दृष्टिले जुवातास जस्ता गैरकानुनी कार्यमा संलग्न भएको भन्दै नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध जुवा सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
