अफगानिस्तानमा भूकम्पबाट २५० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । शक्तिशाली भूकम्पबाट कम्तिमा १५० जना घाइते भएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

एक जना स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन् ।