
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका लाटीकोइली ९ मा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ ।
वीरेन्द्रगनर नगरपालिकाको खोर्के खोलामा पौडी खेल्न गएका १० वर्षीय बालक डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानका भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० जेठ ५ गते शुक्रबार