२०८२ कात्तिक १२ , बुधबार

सुन तोलामा ६ सय रुपैयाँले घट्यो




काठमाण्डौ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । हिजो ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९० हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलाको १० रुपैयाँले घटेको छ । हिजो १३ सय तोकिएको चाँदीको भाउ आज १२ सय ९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असार १६ गते बुधबार