युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रका केही भागमा रहेका सबै नागरिकलाई त्यहाँबाट हट्न आदेश दिएका छन् । आफ्नो नियमित सम्बोधनमा जेलेन्सकीले लडाइँलाई तीब्र पार्ने चेतावनी दिए ।
अहिले जति धेरै मानिसहरू दोनेत्स्क क्षेत्र छोड्छन्, त्यति नै कम मानिसहरूलाई रूसी सेनाले मार्ने समय पाउनेछ’, युक्रेनी नेताले भने, ‘हामी सकेसम्म धेरै जीवन बचाउन र रुसी आतंकलाई सकेसम्म सीमित गर्न सबै उपलब्ध अवसरहरू प्रयोग गर्नेछौँ ।’
उक्त क्षेत्रको ठूलो भाग नियन्त्रण गर्ने रूसी सेनाको ढिलो प्रगतिबीच ठूला झडप भएका छन् । सबै उपलब्ध अवसरहरू प्रयोग गरेर सम्भव भएसम्म बढी जीवनरक्षा गर्ने राष्ट्रपति जेलेन्स्कीले बताए । रुसी आतंकलाई सक्दो सीमित पार्ने उनले बताए । हजारौँ सर्वसाधारणहरू दोनेत्स्क क्षेत्रमा फसेका र अधिकारीहरूले उनीहरूलाई सहयोग जारी राखेका प्राप्त विवरणहरूमा जनाइएको छ ।
ए.के. सञ्चार । १५ श्रावण २०७९, आईतवार ११:२९