मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कञ्चनपुर। गए राति कञ्चनपुरको पुनर्वास नगरपालिका ११ टाउके बजारमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पुनर्वास नगरपालिका ५ का ५३ वर्षीय गोपाल आचार्य रहेका प्रहरीले जनाएको छ ।

धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा आचार्यको गएराति ९ बजे मृत्यु भएको प्रहरी चौकी परासन कञ्चनपुरले जनाएको छ । डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गरेको से ६ प २२३० नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ९ बजे पल्टिएको थियो ।