काठमाडौं । डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छन्।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि डा: कार्कीले आइतबार नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी हुन् । काउन्सिलले कार्कीको राजीनामा पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको छ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद विजयी भएकी हुन् । कार्की मेडिकल काउन्सिल सदस्यबाट राजीनामा नदिई चुनावमा उठेको विषयमा विवाद भएको थियो । सर्वोच्च अदालतले विवादको निरुपण भएपछि उनको उम्मेदवारी कायम रहेको थियो।
ए.के. सञ्चार । १९ मंसिर २०७९, सोमबार १३:२६