वन मुद्दामा फरार गिरी पक्राउ

सुर्खेत । प्रहरीले वन मुद्दामा फरार प्रतिवादी विनोद गिरीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–२ बस्ने ३९ वर्षीया गिरीलाई पक्राउ गरेको हो।

शनिबार प्रहरीले गिरीलाई उनको घरबाट नै पक्राउ गरेको जनाएको छ। गिरीलाई सुर्खेत जिल्ला अदालतले उक्त मुद्दामा २५ हजार ३१२ जरिवाना तोकेको छ।