मन्दिरमा बलि चढाउन मामाले गरे भान्जाकाे हत्या

सल्यान । सल्यानमा मन्दिरमा बलि चढाउन मामाले भान्जाकाे हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका-१० माझकाँडाका ३४ वर्षीया डम्बर पुरीले ८ वर्षीया भिजन घर्तीकाे हत्या गरेकाे हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आइतबार दिउँसो २ बजे घरको आँगनमा रहेको मन्दिरमा पुरीले खुर्पाले बालकको घाँटी रेटेको बताइएको छ ।

पुरीकाे मानसिक सन्तुलन ठिक नभएको स्थानियले बताएका छन् । पुरीले हत्या गरेकाे बालकको शव मन्दिरभित्रै गाडेका थिए ।

घटना घटेलगत्तै प्रहरी चौकी बनगाड, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले पुरीलाई पक्राउ गरेको थियो ।