सुर्खेत । वीरेन्द्रनगरको सिटी बसपार्कमा भिजिट कर्णाली यातायात प्रालि र संयुक्त यातायात प्रालिबीच झडप भएको छ ।
शनिबार बिहान टिकट काट्ने विषयमा दुई यातायात प्रालिका कर्मचारीबीच झडप भएको हो । झड्पमा एकजना भिजिट कर्णाली यातायातका व्यवसायी घाइते भएका छन् । घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
गत पुस २६ गते मात्रै सञ्चालनमा आएको भिजिट कर्णाली यातायात प्रालिका कर्मचारीमाथि संयुक्त यातायात व्यवसायीका केही कर्मचारीले हातपात गर्दा झडप भएको भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
सुर्खेतमा पुराना व्यवसायीहरु संयुक्त यातायातका नाममा सिन्डिकेट लगाएका जनाइएको छ ।संयुक्त यातायात प्रा.लि देखि भिजिट कर्णालीको टिकक काट्ने स्थान फरक रहेको भिजिट कर्णाली यातायात प्रालिका अध्यक्ष गणेश कुमार बिसीले भने,‘ सयुक्तको टोली हाम्रो टिकट काउण्टरमा आएर झडप गयो । सुर्खेत सयुक्त बाहेर अरुले गाडी चलाउन नपाउने भन्ने छ । सुर्खेतमा अरु नयाँ व्यवसायी व्यवसाय नगरुन भन्ने छ ।’
उनका अनुसार कसैलाई पनि आफूहरुले अप्ठ्यारो नपर्ने गरेर यातायात सञ्चालन गरेको बताएका छन् ।दुई प्रालिका झडपका कारण बुलबुले चोकमा सवारीसाधन बन्द गरेको छन् । घटनास्थलमा प्रहरी खटाइएको छ ।
ए.के. सञ्चार । ६ माघ २०८०, शनिबार १०:४२