सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएसँगै प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर आह्वान गरेका छन् ।
संविधानको धारा १६९ को उपधारा (१) को उपधारा (क) अनुसार चैत २७ गते बेलुका ५ः५० भित्र नयाँ सरकार गठन गर्न आह्वान गरिएको हो ।
मुख्यमन्त्री शर्माले प्रदेशसभा बैठकमा पछिल्लो राजनीतिक परिस्थितिमा पदमा रहिरहन उपयुक्त नदेखिएको भन्दै राजीनामा दिएको घोषणा गरेका थिए ।
उनी २०७९ पुस २८ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री बनेका थिए ।
प्रदेश प्रमुखले दिएको समयसीमाभित्र संविधानको धारा १६९ को उपधारा (३) अनुसार प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन् ।
ए.के. सञ्चार । २१ चैत्र २०८०, बुधबार १८:५८