पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

सुर्खेत । कर्णाली राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण कालीकोटको शुभकालिका– १ को गगनेखोलामा आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक अर्जुन केसीका अनुसार निरन्तर परेकाे वर्षाका कारण सडक खुलाउन समस्या रहेको जानकारी दिएका छन् ।

उनले भने,` मेसिन तयारी अवस्थामा राखेका छाैं । पानी पर्न बन्द भयाे भने सडक खुलाउने कार्य गर्ने छाैं । पुरानो सडक बगाएका कारण नयाँ ट्रयाक खाेल्नु पर्ने अवस्था रहेकाे छ ।`

सडक अबरुद्ध भएसँगै सयौँ यात्रुहरू अलपत्र परेका छन् ।