काठमाडौं । प्रतिनिधि सभाका चार ठूला दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ।
सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालय मुख्य दलहरूका प्रमुख सचेतकहरुबीच छलफल भएको हो।
छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौँला, माओवादी केन्द्रका हितराज पाण्डे र रास्वपा सन्तोष परियार सहभागी छन्।
छलफलमा संसदीय काम कारबाहीलाई प्रभावकारी ढंगबाट अगाडि बढाउनेबारे केन्द्रित भएको एमालेका प्रमुख सचेतक बर्तौलाले बताए।
सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेपछि सदनलाई प्रभावकारी ढंगले चलाउने विषयमा प्रमुख दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका हुन्।
सरकारले संसदलाई दिएको विधेयकहरु छिटोछरितो ढंगबाट कानून निर्माणको तहमा पुर्याउन संसदीय दलहरुले भुमिका खेल्ने विषयमा छलफल भएको उनले बताए ।
ए.के. सञ्चार । ४ माघ २०८१, शुक्रबार १२:५८