आर्थिक समृद्धिको चाहना पुरा गर्ने एकतावद्ध भएर लाग्नु पर्ने विद्वान गुरुङको भनाई

काठमाडौं । जनताको लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिको चाहना पुरा गर्ने एकतावद्ध भएर लाग्नु पर्ने नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताएका छन् । गणतन्त्र दिवसको शुभकामना दिँदै उनले काँग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र नेपालीको सुखी भविष्य निर्माणमा एकतावद्ध भएर लाग्नु पर्ने बताए ।

गणतन्त्र स्थापनाको लडाईमा शहादत प्राप्त गर्ने ज्ञात अज्ञात शहिदहरुप्रति उनले श्रद्धाञ्जली अर्पण गर्दै सम्मान व्यक्त गरे । लोकतन्त्रको मूलभूत मान्यताले मात्र शान्ति र समृद्धिको मार्ग खुल्ने भन्दै तरुणहरूलाई लोकतान्त्रिक विचार र आदर्शबाट विचलित नहुन आग्रह गरे ।