२०८२ असार १० , मंगलबार

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतमा कर्मचारी यूनियन गठन



सुर्खेत। सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गत रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतमा कर्मचारी यूनियन गठन गरिएको छ। करिश्मा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

नवगठित यूनियनको उपाध्यक्षमा वेदप्रकाश न्यौपाने, सचिवमा प्रकाश मण्डल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कृष्णमाया धामी, जयाराम चौलागाईं, गगन बहादुर बोगटी, कविता महतरा (थापा), अप्सरा बिष्ट र प्रेमराज सिम्खडा चयन भएका छन्।

यूनियन गठनमा योगदान गर्ने रेडियो नेपाल कर्मचारी यूनियनका केन्द्रीय सदस्य सुरेश सुमन डाँगी, वरिष्ठ संवाददाता तथा पत्रकार आकाशतारा बयक, प्रेस चौतारी नेपालका कर्णाली इन्चार्ज याम शर्मा रिजाल तथा विशेष सहयोग पुर्‍याउने गणेश थापाप्रति आयोजकले आभार व्यक्त गरेका छन्।

नयाँ यूनियनले कर्मचारीको हकहित, पेशागत सुरक्षासहित संस्थागत सुदृढीकरणमा काम गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२ वैशाख २२ गते सोमबार