काठमाडौं । बितेको २४ घण्टामा देशभर २ हजार २ सय १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ६७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको परीक्षणमा २ हजार २ सय १२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३२ हजार २७२ र एन्टिजेन विधिबाट गरिएको ७५ हजार १३० जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये हालसम्म ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार २९२ पुगेको छ ।
हाल देशभर ३९ हजार २९८ सक्रिय संक्रमित रहेका छन् ।
ए.के. सञ्चार । ३१ श्रावण २०७८, आईतवार १८:०९