सुुर्खेत। बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता असिम अटो पार्ट्स, सुर्खेतले आजदेखि मोटरसाइकल सटही (एक्सचेन्ज) कार्यक्रम सुरु गरेको छ।
असार ८ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने ‘साटा–साट मेला’मा उपभोक्ताले पुराना मोटरसाइकल दिएर नयाँ बजाज मोटरसाइकल लिन सक्ने मोटरसाइकल सटही (एक्सचेन्ज) कार्यक्रम सुरु भएको हाे ।
कार्यक्रम अन्तर्गत उपभोक्तालाई आकर्षक नगद उपहार, सटही मूल्यमा अतिरिक्त छ हजार रुपैयाँसम्मको मूल्यांकन, तत्काल किस्तामा कर्जा सुविधा, शून्य सेवा शुल्क, निःशुल्क एसेसरिज र विशेष नगद छुट जस्ता अफर उपलब्ध गराइने बताइएको छ।

नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे सवारीसाधन ब्रान्ड बजाजले सञ्चालनमा ल्याएको यो मेला सुर्खेतको बीरेन्द्रनगर–३, जुम्ला रोडस्थित असिम अटो पार्ट्सको परिसरमा भइरहेको हो।
सटही मूल्यांकन, विशेष छुट तथा अफर, तत्काल डेलिभरी सेवा लगायतका सुविधासहित आयोजना गरिएको मेलाबाट ग्राहकलाई सुविधाजनक र फाइदाजनक कारोबारको अवसर मिल्ने विश्वास आयोजकले जनाएको छ।
मोटरसाइकल साट्न चाहने वा नयाँ बजाज मोटरसाइकल खरिद गर्न चाहने उपभोक्ताले असार १३ गतेसम्म यो अवसरको लाभ लिन सक्नेछन्।
