वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष शाहीको  निधन



सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष लोकबहादुर शाहीको  निधन भएको छ।

काठमाडौंको वीर अस्पतालबाट एम्बुलेन्समार्फत घर फर्किंदै गर्दा भेरीगंगा नगरपालिका–५, हर्रे नजिकै आज बिहान साढे ११ बजे उहाँको मृत्यु भएको हो।

विगत एक वर्षदेखि फोक्सोको क्यान्सरले पीडित शाहीलाई पछिल्लो समयमा निमोनियाले पनि च्यापेको थियो। वीर अस्पतालमा उपचार सम्भव नभएको भन्दै चिकित्सकले घर लैजान सल्लाह दिएका थिए।

वडाध्यक्ष शाहीको भोलि बिहान ९ बजे सुर्खेतको भेरी नदी किनारमा दाहसंस्कार गरिने भएको छ।

वीरेन्द्रनगर नगरपालिकाले उनकाे निधनमा शोक मनाउँदै बुधबार बिदा दिने निर्णय गरेको छ।

लोकबहादुर शाही २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। समाजसेवामा सक्रिय शाहीको निधनले ठूलो क्षति पुगेको वडा कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार