सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ। हालसम्म ५ हजार ८७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशकुमार सापकोटा अग्रस्थानमा रहेका छन्।

पछिल्लो अपडेटअनुसार सापकोटाले १ हजार ६६६ मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले)का उम्मेदवार कुलमणि देवकोटाले १ हजार ५९९ मतसहित पछ्याइरहेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार नारायण कुमार कोईरालाले १ हजार २९३ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारतर्फ कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले ८६९ मत प्राप्त गरेका छन्।
हालसम्मको मत परिणामले सुर्खेत–२ मा रास्वपा र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ भने कांग्रेस पनि प्रतिस्पर्धामा देखिएको छ।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार






