सामुदायिक वनमा लुकाइएका अवैध भरुवा बन्दुक फेला



सुर्खेत । सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनमा लुकाइ छिपाइ राखिएका तीन थान अवैध भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।

गोप्य सूचनाका आधारमा प्रहरीले वन क्षेत्रमा खोजतलास गर्दा बेवारिसे अवस्थामा बन्दुक भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईका अनुसार फेला परेका बन्दुक कसले र किन त्यहाँ राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार