पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
गएराति कावासोतीबाट नारायणगढतर्फ गइरहेको ना५ख १७५७ नम्बरको ट्रकमा ग१०प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन् निजको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०८३ जेठ २२ गते शुक्रबार








