कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न नेपाल सरकारकाे तयारी

काठमाण्डौ । अफ्रिकी देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न नेपाल सरकारले तयारी थालेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताए ।

उनले नेपालमा कोरोना सङ्क्रमणकाे जाेखिम कायमै रहेकाले र भर्खरै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी देशबाट नेपाल आउनेहरूलाई अन अनराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी देशबाट यात्रु नल्याउन विभिन्न एअरलाइन्सलाई निर्देशन दिइसकेको बताए ।