राष्ट्रसेवक कर्मचारीले खुल्ले आम पार्टीको झण्डा वोकेर हिड्ने अधिकार छैनः प्रमुख जिल्ला अधिकारी शर्मा

कालीकोट । राष्ट्रसेवक कर्मचारीलाई निर्वाचनमा भोट हाल्ने अधिकार छ तर कार्यालयको सेवा प्रभावित पारेर खुल्ले आम पार्टीको झण्डा वोकेर हिड्ने अधिकार नभएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए ।


नेकपा माओवादी केन्द्र निकट तिनवटा संगठनको बिहिवार मान्ममा आयोजित जिल्ला अधिवेशनमा सहभागी कर्मचारीहरुलाई जनताको सेवा छोडेर पार्टी संगठनको भेलामा आएका संयौँ कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई शर्माले समय अनुकुल बनाएर अधिकावेशन गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी शर्माले यस्तो निर्देशन गरेका हुन् ।

पेशागत हक हितको लागी संघ संगठनमा आवद्ध हुने राम्रो हो तर जनताको सेवा नै छाडेर सरकारी कार्यालयमा सेवाग्रहीमा परेको असरप्रती सवैले चासो राख्नु पर्ने शर्माले बताए ।

कालीकोटको मान्ममा नेपाल राष्ट्रिय कर्मचारी महासंघ जिल्ला कार्य समिति कालीकोट, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्य समिति कालीकोठको पाँचौ जिल्ला अधिवेशन उद्धघाटनमा निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष प्रकाश देवकोटाको सभाअध्यक्षता, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य एशोदा न्यौपाने, लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा तिनवटा संगठनको एकै सभा र एकै दिन अधिवेशन उद्घाटन गरिएको छ ।

भिडियाे