नेकपा एमाले कर्णाली प्रदेश जिल्ला र प्रदेश सम्मेलनको तयारीमा

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पुस २३ गते हुने जिल्ला सम्मेलन र माघ ८ मा हुने प्रदेश सम्मेलनको तयारीका लागि आवश्यक निर्णय गरेको छ । आइतबार (हिजो) प्रदेश कमिटीको पहिलो बैठकले दुईवटै सम्मेलनलाई भव्य तरिकाले सम्पन्न गर्नेगरी छलफल गरेको हो ।

बैठकले जिल्ला सम्मेलनका लागि प्रत्येक जिल्लाले जिल्ला कमिटीको बैठक बसेर तयारी गर्ने निर्णय गरेको छ । प्रदेश कमिटीका लागि १५० संगठित सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरिने छ, जसमा ३३ प्रतिशत महिला सुनिश्चित हुनेगरी छनोट गरिने एमालेले जनाएको छ ।

दलितको हकमा भने सय जना सांगठनिक सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरिने एमाले नेतृ मोहन माया ढकालले जानकारी दिइन् ।