सुर्खेत। उच्च अदालत सुर्खेत एक साताका लागि सेवा बन्द गरिएको छ। चार जना न्यायाधीशसहित २१ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अदालत बन्द गरिएको हो ।


मंगलबार गरिएको परीक्षणमा चार न्यायाधीश, कर्मचारी र सवारी चालकहरुमा कोरोनो देखिएको थियो । उच्च अदालतले मंगलबार विज्ञप्तिमार्फत माघ १२ गतेदेखि १८ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरिएको बताएको छ ।

			प्रकाशित मिति : २०७८ माघ १३ गते बिहीबार
		
	
              







