सुर्खेत । सुर्खेत र दैलेखको सीमानामा शनिवार हिउँ परेपछि हेर्न जानेको भीडले सडक जाम भएको छ । वीरेन्द्रनगर नगरपालिकाको सिद्धपाईला, रातानाङ्गला र गुराँस गाउँपालिकाको गुराँसे क्षेत्रमा हेउँ शनिवार विहान परेको हो ।
आईतबार विहानैदेखी मौसम खुलेपछि जिल्लाका नागरिकहरु हिउँ हेर्न गुराँसे पुगेका छन् ।
गुराँस पुगेका र फर्किरहेकाहरु रातानाङ्गला र सिद्धपाईला क्षेत्रमा सवारीको चापले जाममा परेका हुन् । गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीकाअनुसार गुराँस क्षेत्रमा हजारौंको संख्यामा नागरिकहरु आएको जानकारी दिए । ‘साँघुरो सडकका कारण फर्किने र आउने नागरिकहरु जामका कारण यात्रा गर्न कठिन भइरहेको ओलीले बताए ।
ए.के. सञ्चार । २२ माघ २०७८, शनिबार १६:२९