काठमाडौ । प्रकाश सपुतको नयाँ गीत ‘पीर’ रिलिज भएको २४ घण्टा पनि नबित्दै विवादमा तानिएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट २५ सेकेण्ड लामो गीत यतिबेला युट्युबको ट्रेन्डिङमा रहेको छ ।
तर, गीत सार्वजनिक भएपछि माओवादी वृत्तबाट यसको चर्को आलोचना भइरहेको छ । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई युट्युवबाट गीत हटाउन चेतावनी नै दिएकी छन् । उनले सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् । 

प्रकाशित मिति : २०७८ फागुन २८ गते शनिबार






