अनिश्चितकालिन यातायात बन्द फिर्ता

सुर्खेत । अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द फिर्ता लगिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेत र यातायात व्यावसायीबीच सहमति भएपछि सुर्खेतमा गरिएको अनिश्चितकालिन यातायात बन्द फिर्ता लगिएको हाे ।

व्यावसायीले बुधबार बिहानदेखि गरेको अनिश्चितकालिन यातायात बन्द फिर्ता लगेका हुन् । स्थानीय यतायात व्यावसायी र प्रमुख जिल्ला अधिकारी खगेन्दप्रसाद रिजालबीच भएको छलफलपछि यातायात बन्द फिर्ता भएको हो ।