लागूऔषध मुद्दामा कैद सजाए पाएका एक व्यक्ति पक्राउ

सुर्खेत । लागूऔषध मुद्दामा कैद सजाए पाएका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ ।

प्रहरीले आईतवार विहान वीरेन्द्रनगर नगरपालिका-१० पदमपुरबाट जिल्ला अदालत सुर्खेतबाट लागूऔषध मुद्दामा चार महिना कैद सजाय पाएका विकाश बुढालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बुढालाई पक्राउ गरेको हो । अदालतबाट चार महिना कैद सजाय पाएपछि बुढा फरार थिए ।