सुर्खेत । वीरेन्द्रनगर नगरपालिका उप-प्रमुख मोहनमाया ढकालले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले वीरेन्द्रनगर नगरपालिको मेयरमा उम्मेदवार बनाएपछि ढकालले राजीनामा दिएकी हुन् ।
आइतबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गदै ढकालले वीरेन्द्रनगरको उप-प्रमुखको पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।
यस्तै, उप–प्रमुख ढकालसँगै ३३ जना जनप्रतिनिधिले जिन्सी सामग्री नगरपालिकालाई हस्तान्तरण गरेर राजिनामा दिएका छन् । राजीनामा दिँदै ढकालले पाँच वर्षको अवधिमा नगरपालिकाको विकासका लागि साझा मुद्दामा एक भएको बताइन् ।
ए.के. सञ्चार । ११ बैशाख २०७९, आईतवार १७:४४