गुलमोरमा फोटो र भिडियो खिच्नेको भिड (फोटो फिचर)

सुर्खेत। वीरेन्द्रनगरका सडक छेउमा फुलेका गुलमोहर फूलमा बिहानैदेखि साँझसम्म तस्वीर, टिकटक र सेल्फी खिच्न आउनेहरूको भीड हुने गरेको छ ।

साच्चीनै गुलमोहर स्वर्गको फूल हो। भिषण गर्मीमा गुलमोहरको वृक्षमाथि पातहरू त नाममात्रको हुन्छन, तर फूल यति धेरै हुन्छन कि गन्नलाई मुश्किल हुन्छ। सो फूल नेपालको तातो तथा गर्मी हुने ठाँउमा पाइन्छ। १२ वर्ष आयु रहेको यो फूल गाढा रातो, पहेंलो र रातो पहेंलोको मिश्रण हुने गर्दछ ।