सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं. ३ मा वडाध्यक्षका लागि गोलाप्रथा हुने भएको छ ।
नेकपा एमाले र नेपाली कांग्रेसले बराबर मत प्राप्त गरेपछि वडाध्यक्ष छान्न गोलाप्रथा हुन लागेको हो ।
एमालेका चन्द्र वीर रावत र कांग्रेसका बलबहादुर रोकायले समान ६७३ मत प्राप्त गरेपछि गोलाप्रथा हुन लागेको हो ।
जारी मतगणना अनुसार पञ्चपुरीमा ३ वटा वडा कांग्रेसले जितेको छ भने १ वडा एमालेले जितेको छ ।
ए.के. सञ्चार । २ जेष्ठ २०७९, सोमबार १०:०८