कर्णाली प्रदेशमा कति बजेट ?

काठमाडौं । संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ ।

यस्तै कर्णालीमा समानीकरण अनुदान १० अर्ब ७२ करोड ६४ लाख रुपैयाँ, विशेष अनुदान ५ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ, ६६ करोड ८० लाख र समपुरक तर्फ १ अर्ब २१ करोड ५० लाख रुपैयाँ गरी जम्मा १८ अर्ब ३० करोड ६१ लाख रुपैयाँ हस्तान्तरण भएको हो ।

प्रदेशमा गएको बजेट मध्ये ७७ अर्ब ९२ करोड १ लाख रुपैयाँ चालुगत र पूँजीगत तर्फ ५१ अर्ब ५४ करोड ५ लाख रुपैयाँ हस्तान्तरण भएको छ ।