कर्णालीमा काँग्रेसले आफ्ना जनप्रतिनिधिका लागि प्रशिक्षण दिने

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले वीरेन्द्रनगरमा कर्णालीका आफ्ना उम्मेदवार र जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जेठ २९ गते आफ्ना उम्मेदवार र जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

आज बसेको वैठकले कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा मेयर र उपमेयर अध्यक्ष र उपाध्यक्षमा विजयी भएका जनप्रतिनिधि तथा पराजित भएकालाई राखेर अभिमुखिकरण र प्रशिक्षण गर्ने निर्णय गरिएको महामन्त्री कृष्णबहादुर रोकायाले जानकारी दिए ।

उक्त अभिमुखिकरण कार्यक्रम जिल्ला समन्वय समितिको हलमा बिहान साढे आठ बजे आयोजना गरिएको छ । उनीहरूलाई केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले प्रशिक्षित गर्ने छन् ।