माधव नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

नेपाल र उनका परिवारका सदस्यको रिपोर्ट भने नेगेभिट आएको बताइएको छ । नेता नेपालका स्वकीय सचिव गौतमका अनुसार कोरोना संक्रमण देखिनेमा नेपालको सुरक्षामा खटिँदै आएका पिएसओ नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका ८ जना छन् ।

बिहीबार नेता नेपाल, उनको परिवार, उनको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासका २४ जनाभन्दा बढीको स्वाब संकलन गरी पठाइएको थियो ।

संक्रमण देखिएका सबैलाई शुक्रबार राति नै आएसोलेसनमा पठाइसकिएको गौतमले जानकारी दिएका छन्। यसअघि नेकपाकै नेता भीम रावलका सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण देखिएको थियो ।