सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाण्डौ – नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमवार बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको छ भने देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने थप ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।