कर्णालीमा सोलार लिफ्ट प्रणालीबाट बाँझो जमिनमा सिंचाइ गरिने

जुम्ला । कर्णाली प्रदेशका सिंचाइ तथा जलश्रोत बिकास मन्त्री दिनबन्धु श्रेष्ठले बाँझो खेतबारीमा लिफ्ट प्रणालीबाट नदि र खोलाको पानीमाथि लिएर सिंचाइ गरिने बताउनु भएको छ ।

पानीको श्रोत नजिकै नभएका सिचाइ गर्न असम्भव भएका बाँझा खेतमा सिंचाइ गरिने उहाँले बताउनु भएको हो । मन्त्री भईसकेपछि पहिलोपटक कर्णालीका विभिन्न जिल्लाहरुमा भ्रमण अवलोकन गर्ने क्रममा गृह जिल्ला जुम्ला आउनु भएका उहाँले सो कुरा बताउनु भएको हो ।

प्रेस युनियन जुम्ला शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले लिफ्ट मार्फत सिचाइ गर्नका लागि सात करोड भन्दा बढि बजेट आगामी आर्थिक बर्षका लागि छुट्याइएको र कर्णालीका दश वटै जिल्लामा यो परियोजना लागू गरिने बताउनु भएको छ ।

कर्णालीका बिधुतको पहुँचमा नभएका बस्तिहरुमा सोलार मार्फत बस्ति उज्यालो पार्ने कार्यक्रम पनि आफ्नो प्राथमिकतामा परेको बताउनुभयो । भेरिबबइ डाईभर्सनमा बिधुत उत्पादनका लागि सम्भाब्यता अध्ययन पनि यसै बर्ष गरिने र जुम्लाको हिमा र तिला नदि संगम स्थलमा पनि बुधुत उत्पादनका लागि अध्ययन गरिने पत्रकार सम्मेलनमा जानकारी गराउनु भएकोछ।