चीनमा दुर्लभ प्रकारको बर्ड फ्लु, एक मानवमा संक्रमण पुष्टि

एजेन्सी । चीनको जाङ्सू प्रान्तमा पहिलो पटक एक मानवमा दुर्लभ प्रकारको बर्ड फ्लु संक्रमण देखा परेको छ । ४१ वर्षीय एक पुरुषमा बर्ड फ्लूको एउटा दुर्लभ प्रकारको संक्रमण पुष्टि भएको पाईएको हो ।

चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बताइएको छ । कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको संसर्गमा आएका अरू मानिसमा भने संक्रमण नदेखिएको बताइएको छ ।

उनलाई कसरी सङ्क्रमण भयो भन्ने विषयबारे विस्तृत विवरण खुलाइएको छैन । एच टेन एन थ्री नाम दिइएको उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।