सरकारमा सहभागी हुन आवाश्यक निर्णय लिने दल नेता शाही

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलको विहिवार बसेको बैठकले सरकारमा सहभागी हुनका लागी आवाश्यक निर्णय लिने जिम्मा दल नेता महेन्द्रबहादुर शाहीलाई दिएको छ ।  बैठकले गठबन्धन दलहरुसँग छलफल गरी सरकारमा सम्मान जनक सहभागिताको सुनिश्चितता कायम हुने गरी दल नेताले आवाश्यक निर्णय लिने गरी बैठक सम्पन्न भएको नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले जानकारी दिए ।

‘सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा (माओवादी केन्द्र) हो यसको सम्मान जनक सरकारमा सहभागिताको बारेमा छलफल सरकारको नेतृत्व गरेको दलले गर्नु पर्ने हो तर उहाँहरु उदासीन जस्तै देखिनु भएको छ,’ ‘प्रमुख सचेतक विष्टले भने, ‘सत्ता गठबन्धनको सबैभन्दा ठुलो दलको हैसियतले हामीले नै यस बारेमा छलफल गर्ने निर्णय गरेका छौ अबको केहि दिनमा सबै कुरा टुङ्गिन्छ ।’

बैठकले जनताका सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने र कर्णाली प्रदेश भरीका नगरिकले प्राकृतिक प्रकोपबाट भोग्नु परेका समस्यालाई आवाश्यक पहल गरी समाधान गर्न भनेको छ । त्यस्तै मुगुमा आगलागीबाट भएको क्षतिको विवरण संकलन गरी पिडितलाई राहतको व्यवस्था मिलाउन सरकारलाई भोली नै ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुलाई अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रभावकारी कार्यन्वयन गर्न विभिन्न मन्त्रालयको जिम्मेवारी दिने र चुनाव पनि नजिकिएकाले सरकारको काम कार्बाहिलाई सकरात्मक रुपमा सहयोग गर्ने गरी प्रभावकारी बनाउन जिम्मेवारी दिने समेत निर्णय गरेको छ ।