भ्वाइस अफ नेपालका प्रतिस्पर्धी धर्मेन्द्र सुनारको पहिलो गीत सार्वजनिक

काठमाडौं– फ्रेञ्चाइज रियालिटी गायन स्पर्धा भ्वाइस अफ नेपालका प्रतिस्पर्धी धर्मेन्द्र सुनार र किरण गजमेरको पहिलो गीत सार्वजनिक भएको छ । संगीत भकारी युट्युब च्यानलबाट सोमबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

युवा गीतकार लेखु सहयात्रीको शब्दमा भ्वाइस अफ नेपालका प्रशिक्षक करणराज कार्कीले यसमा संगीत भरेका छन् । ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको यो गीतको संगीत संयोजन र ध्वनि सम्पादन देवेश राईले गरेका हुन् ।

गीतको भिडियोमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनाल र देवेन्द्र बब्लुसँगै संगीता थापा एवं सौरभ तिमल्सिनाको अभिनय हेर्न सकिन्छ । गरिबीले पिल्सिएका २ युवा वैदेशिक रोजगारीमा जान खोज्दा म्यानपावर कम्पनीबाट ठगिएपछिको पीडा गीतको भिडियोमा हेर्न सकिन्छ ।

गीतको भिडियो छायांकन पिटर गुरुङ र सम्पादन विष्णुहरि तिमल्सिनाले गरेका हुन् । मौसम हिमालीको कथावस्तु र निर्देशनमा नदेखिन्या घाउको भिडियो अर्थपूर्ण बनेको छ ।