दैलेखको महाबु गाउँपालिका अध्यक्षमा लक्षमण गुरुङ विजयी

दैलेख। एमाले र एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै दैलेखको महाबु गाउँपालिकामा नेपाली कांग्रेसका लक्षमण गुरुङ अध्यक्षमा विजयी भएका हुन् ।गुरुङले २९७९ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २५१९ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका जंगबहादुर शाहीले २२६८ मत ल्याएका छन् ।

 

उपाध्यक्षमा कांग्रेसकी मन्जु पाण्डेले ३१५५ ल्याएर विजयी भएकी छन् । त्यस्तै एमालेबाट उम्मेदवार दुर्गाकुमारी सिंहले २३०१ मत र एकीकृत समाजवादीका पुन्यप्रभा दशौ‌दीले २१३३ मत ल्याएकी छन्।