नेकपा एमालेको कार्यदलको बैठक सुरु

काठमाडौं । नेकपा एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय कार्यदल सदस्यहरु बैठकस्थलमा निर्धारित समयमै पुगेपनि वरिष्ठ नेता माधव नेपाल पक्षीय कार्यदल सदस्यहरु आन्तरिक छलफलमा व्यस्त भएपछि बैठक ढिलो गरी सुरु भएको हो ।

नेपालपक्षीय नेताहरु कोटेश्वरमा नेता नेपालको निवासबाट छलफल गरी फर्किएपछि बैठक सुरु भएको छ ।

आजको कार्यदल बैठकलाई निर्णायक मानिएको छ । आजै सहमतीको बुँदामा हस्ताक्षर गरी सार्वजनिक गरिने नेताहरुले दाबी गरिरहेका छन् ।