पछिल्लो २४ घण्टामा २ हजार ३ सय ९८ जना कोरोना संक्रमित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै थप २ हजार ७८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २३ हजार एक सय पाँच पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ४ सय १२ पुगेको छ ।

नेपालमा अहिले २६ हजार दुई सय ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।