प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत दिने तयारी गरेका हुन् ।

सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले आजै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने सूचना संसद सचिवालयमा आएको जानकारी दिएका छन् ।

सर्वोच्चको परमादेशपछि गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।